धेरै भयो देखादेख नभएको बिर्सेँ पनि कैले 'थ्यो भेटेको म घराँ हुँदा तिमी आउँदिनौ तिमी आउँदा म बस्न पाउँदिन। सुने थेँ, अस्ति म नहुँदा तिमी दिनभर आ’थ्यौ रे कुरे थेँ , हिजो रातभर तर तिमी अन्तै गा’ थ्यौ रे । लुकामारीको खेल जस्तै भा’ छ घाम-छायाँको मेल जस्तै भा’ छ लाग्छ तिम्रो मेरो भेट नगराउने कुनै जाल-झेल नै भा’ छ । हर दिन हर रात सधैँ प्रतिक्षा नगरेको हैन नभेट्दा नि तिम्लाई भुल्न सक्या छैन । आउँदिनौ भन्ने थाहा हुँदा पनि रातहरू कुरेरै बिताएको छु गइ हाल्छौ भन्ने जानेरै पनि अटुट मिलन चिताएको छु हाम्रो मिलनमा समाज हैन सरकारै दुश्मन भा’को निचोड आ’छ त्यसैले त हिउँद लाग्ने बित्तिकै तिम्रो मेरो महा बिछोड भा’ छ अब त सायद हिमालका हिउँ पनि पग्लेलान नभए नि आकाशबाट मेघ-मल्हार गर्जेलान मेरी ‘बिजुली’ तिम्रो मेरो मिलन छीट्टै होला गर्मी बढ्दा लोडसेडिङ घट्दै घट्दै जाला । :-दिलिप आचार्य |