Lorem ipsum dolor sit amet

कथा

Rajesh Rai

दृष्टिकोण ! -एक लघुकथा-


संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।
दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।
किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।
जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।

एक स्थानको युवक उसका असामाजिक क्रिया-कलाप, झगडालु स्वभाव र कट्टरपन्थी सोचका कारण स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीमा पर्न थाल्छ भने अर्को स्थानको व्यक्ति भने समान चरित्र र उस्तै व्यक्तित्वका कारण पनि  हक्की, साहसी र नेतृत्व दिन सक्ने नेताको रूपमा चिनिन थाल्छ ।
समय बित्दै जाँदा, दुवै जना आ-आफ्नै नैसर्गिक गुणका कारण मुठभेड, भिडन्त र तोडफोडमा उत्रन थाले । एउटा देशमा सो कुरा सामाजिक व्यवस्था, शान्ति सुरक्षा र स्थानीय कानुनको खिलाफ भएकोले कानुनी राज्यको स्थिति बनाइ राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सो व्यक्तिलाई  कानुनी नियन्त्रणमा लिइन्छ र जेल चलान गरिन्छ । तर सुनिन्छ अर्को देशको व्यक्ति भने आजकल सो देशको ठूलो नेता, विद्वान राजनीतिज्ञ र कट्टर देशभक्तको रुपमा प्रतिस्थापित भइसकेको छ रे !

समय यात्रा -एक विज्ञान कथा-


आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खलाको बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज…..।
मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो र त्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै …।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे … दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।
सबै जना आफ्नो आसनमा बस्ने बित्तिकै ती बुढा व्यक्तिले आफ्नो कुरा सुरु गरे: “ हामीहरु आज यो २००० वर्ष अगाडिको भूतकालमा आउनुको मुख्य कारण तिमीहरूलाई आफ्नै पूर्वजहरूको बरेमा वस्तुगत जानकारी दिनु मात्रै हो… ” ।
त्यसपछि ती बुढा प्राध्यापकले करिब १ घण्टा जत्ती त्यही स्थानमा बसेर आफ्ना विद्यार्थीहरूलाई विभिन्न कुराहरू बताए। वातावरण प्रदूषण देखि, भूमण्डलीय तापक्रम वृद्धि अनि आणविक हतियार देखि सौर्य उर्जाका विविध प्रयोग सम्मका । त्यसका साथै नेपाल लगाएत विश्वका देशहरुको राजनीति र द्वन्द समेतका विषयमा गम्भीर चर्चा भए । अनौठो कुरा के भने उनीहरूले चर्चा गरिरहेका सबै विषयहरू संसारमा अहिले घटि रहेका घटनाहरू थिए …तर अचम्म उनीहरू त्यसलाई “भूतकाल” मा व्यक्त गर्दै थिए ।
आफ्नो आख्यान सक्काए पछि तिनले आफ्ना विद्यार्थीहरूतर्फ प्रश्न सूचक दृष्टिले हेर्दै भने :” तिमीहरुलाई आफ्नो इतिहास बारे अरू केही सोध्नु छ ?” ।
“…हामीहरु अहिले देखिएको यो स्थितिबाट विकसित भएर आएका हौं भने यो तत्कालीन चौआयामिक समय कालमा रहेका सबै मानिसहरू हाम्रा पूर्वजहरु हुन…” । एक जना विद्यार्थीले प्रश्न गरे: “…अहिले हामी रहेको यो चौआयामिक समय २०६७ साल छ र हाम्रो वास्तविक समय काल ४०६७ साल हो । तब के त, अहिले यहाँ कुनै मानिसलाई भेटेर हामीले हाम्रो बारेमा बतायौं भने उनीहरूले विश्वास गर्लान त ?” ।
यस पटक ती बुढा प्राध्यपकले लामो सुस्केरा हाले अनि बिस्तारै बोल्न सुरु गरे:” आजको यो समय-यात्राको अर्को उद्देश्य यो पनि हो कि, तिमीहरुले यो कुरा बुझ्नु पनि जरुरी छ कि हाम्रा पूर्वजहरुले कति अभाव र दु:खका बीच यो विज्ञानको ढोका खोलेका थिए । जसको मद्दतबाट आज हामी इतिहासको यात्रा र वर्तमानमा पूनरागमन दुवै गर्न सक्छौं …”। उनले अगाडि भने “… हाम्रो यो समयारोहण यान उनिहरुकै योगदानको फल पनि हो । तर पनि अहिलेको स्थितिमा यो यथार्थलाई कसैले बुझ्ने छैनन् । सायद यो परावैज्ञानिक कुरा बुझ्न सक्ने मानिस र त्यो पनि नेपालमा त ज्यादै कम होलान …” । उनले आफ्नो कुरा जारी राखे :”… किनभने पश्चीमी देशमा Time Machine को परिकल्पना १८औं शताब्दी देखी नै चले पनि नेपालमा भने बि. सं. २४२५ देखि मात्रै यसतर्फ सोच्न थालिएको थियो । समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “।
“हैन… यो कुरा साह्रै जटिल त छैन नि?” अर्का एकजना विद्यार्थीले फेरि प्रश्न गरे । “सरलता र जटितला भन्ने कुरा वैज्ञानिक सिध्दान्तको कुरा मात्रै नभै समाजको विकास र यन्त्र वा उपकरणको उपलब्धतामा पनि भर पर्छ ।…कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन् ।
“ध्वनी भन्दा छिटो गतिमा चल्ने यानको निर्माण भएमा कुनै यान आकाशमा उडेर अवतरण गरीसकेपछि मात्रै त्यसको ध्वनी सुनिन्छ भन्ने कुरा समेत मानिसलाई सुरु सुरुमा विश्वास गर्न निकै गाह्रो भएको थियो …”। प्राध्यापक आफ्नो आख्यान जारी राख्दै बताउन थाले:”.. त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ… यो कुरा सुन्नु र बुझ्नुमा धेरै फरक छ…” । निकै लामो आख्यान पछि उनले आफ्नो आख्यान पुरा गरे :”… कुनै पनि यानको गति प्रकाशको गति भन्दा बढी भएमा त्यो समयको चौआयामिक स्थितिमा प्रवेश गर्न सक्छ भन्ने कुरा अहिलेको शिक्षित मानिसले सिद्धान्तगत रुपमा बुझे पनि प्रयोगात्मक रुपमा सम्भव मान्ने छैनन् किनकि हालको अबस्थामा त्यसको प्रयोगात्मक परिक्षण गर्ने उपलब्धता मात्रै हैन सोचको समेत अभाव छ” ।
“ल आउ अब हामी हाम्रो देशको भौगोलिक परिवर्तनको बारेमा बुझौं…” यति भन्दै प्राध्यापक फेरि बोल्न सुरु गरे:” अहिले यो चौआयामिक समयकाल अर्थात २०६७ सालमा सगरमाथाको उचाइ ८८४८ मिटर छ, तर बि. सं. २६७८ मा नेपालको उत्तर पुर्वी भागमा ठूलो भुकम्प जान्छ र तिब्बतियन प्लेट माथि उठ्दा सगरमाथाको उचाइ पनि ९०१२ मिटर हुन्छ…” । “त्यसो भए त त्यतिबेला धन जनको निकै ठूलो नोक्सान भयो होला नि …?” एक जना बिद्यार्थीले प्रश्न गरे । “..धनको नोक्सान भए पनि जनको भने हुन पाएन…” प्राध्यापकले मुस्कुराउँदै भने “.. किनकि त्यसको ५ वर्ष अगाडि नै नेपालका वैज्ञानिक जगदिश शर्माले “भुकम्प सूचक यन्त्र”को आविष्कार गरी सकेका थिए र भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका थिए” ।
“…ल हिँड… त अझै केहीसमय बाँकी नै छ…हामी अब २६७८ सालको फागुन १३ गतेमा जाऔं र सो भौगोलिक परिवर्तनलाई आफ्नै आँखाले हेरौँ”
सबै जना यान भित्र प्रवेश गरे र यान फेरि बिना आबाज अन्तरिक्षमा बतासिएर एकैछिनमा गाएब भयो ।

यस्तै यस्तै मा जिबन अल्झीरहेको छ


मर्नु र बाच्नुको दोधारमा जिबन कट्दा काट्दै आज भोली म पागल झै नै भाई सकेको छु । जिन्दगीमा सनु एउटा घटना ले ठुलो असर् पार्दो रहेछ । मेरो सानो संसार थियो ।मेरो आफ्नै इच्छा थियो जेनतेन जिन्दगी चलेकै थियो ।तर जिन्दगीले अचानक यस्तो मोड लियो मा वाध्य भये । जिबनमा धेरै कुरा हुन्छ कोइ सोछे जस्तो केही नचाहेकै हुन्छ भन्छन ।तर मेरो यो जिन्दगी मा कहिले पनि मैले चहेको जस्तो भएको छैन ।कर्म गरेको छैन भनु पनि कसरी मैले फुतपथमा बेचीन की ,बदम बेचिन की ,ज्यामी काम गरिन कि गाडीमा ,खलासी काम गरिन कि । यती दु:खको बप्जुत पनि मैले पढे ,काम सिके ,काम पनि गर्न थाले । यसरी नै जिन्दगी चल्दै थियो । जेनतेन जिन्दगी चलाऊदै थिए ।
क्रमस जिन्दगी चल्दै एउटै पथमा ।यस्तैमा मेरो जिन्दगीमा श्रीमतीको आगमन भयो । मेरो कमाइले मलाई त पुग्दैनथ्यो । झन चिन्ताले डेरा जमायो । अब मलाई मेरो जिन्दगीको भन्दा पनि श्रीमतीको कचकचको चिन्ता हुन थाल्यो । आज पनि श्रीमती पाल्न नसक्नेले किन बिहे गर्नु , आज पनि माइत जान्छु ,भोली उता जान्छु । मैले नजाउ भन्दा कमाउन नसक्नेले किन कन्ट्रोल गर्न खोज्नु यस्तै यस्तै मा जिबन अल्झीरहेको छ । अफिस जान्छु अफिस मा पनि दुई महिना पुग्दा १ महिना को तनखा पाउन्छु । घर जहिले श्रीमती को अगाडि मन खिन्न पार्छु । फेरी श्रीमती कराउन थाल्छे । त्यो अफिस छोडिदेउ अब बिदेश जाउ । उस्को बिदेश मोहले फेरी कचकच सुरु हुन्छ । जेनतेन पैसा जम्मा गरेर पासपोर्ट बनाइ बिदेश जने सुरसार कसे । भिसा आयो पाए । पैसाको जोहो गरे । काम पनि छाडे तर बिडम्बना मा बिदेश जान सकिन । मैनपावर आज भोली पठाउछु भन्दै रहे । मेरो जिन्दगी झन-झन दुबिधामा फस्दै गयो ।दिनानु दिन मेरो दिन चर्या मैनपावर धाउदैमा बित्दै छ । आज पनि भर्खरै मैनपावर बाट घर फर्के । श्रीमतीको कचकच सुने उ साथी सँग भन्दै थीइन।मेरो बुढा त सार्है आभागी बिदेश ट्राइ गरेको आज सम्म पनि जान सकेको छैन मत बिहे फिर्ता गर्न मिल्ने भये फर्काऊथे ।


बन्दुक

लेखक : रामशरण चिमौरिया 
‘दलाली साले ! खुरुक्क निकाल नत्र हान्दिन्छु गोली’ साईकलबाट ओराल्दै तिनीहरुले उसको कठालोमा र पाखुरामा अठ्याउदै भने । केहिबेरको लछारपछार पछि उ अरु मान्छेको सहायता पाउने आशले केही मान्छे भएतिर आयो । तर उसले गुहार माग्नु भन्दा अगाडी उनीहरुले पेस्तोल तेर्साउदै भने कोही अगाडी आउने हैन गोली ठोक्दिन्छु । वरीपरीका मानिस आफ्नो जीवन रक्षाका लागि सुरक्षित स्थान तर्फ भाग्न थाले भने कोही नजिकैबाट चिहाएर हेर्न थाले । अझै ती केही समय भिडे तर उसले नमानेपछि तिनीहरु गोलीहान्न बाध्य भए । उसलाई गोली हानी रकम लुटेपछि ति बिजयको महशुस गरी हातमा पेस्तोल घुमाउदै पापको धन लिएर अगाडी बढे ।


बन्दकोठा र आकाशको विवाद

लेखक : भागीरथी श्रेष्ठ 

बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ ?’
आफुबारे टिप्पणी सुनेर आकाशले अट्टाहास गर्दै हाँस्यो र भन्यो – ‘ए बन्द कोठा ! मेरो टिप्पणी गर्ने साहस तिमीमा कसरी भयो ? म त सृष्टिको उत्तम र सर्वश्रेष्ठ आविष्कार हुँ । ममा ब्रह्माण्डभरि छाउने शक्ति छ । एकमुठी उज्यालो नपस्ने कोठाको यत्रो पूmर्ति ।’ आकाशले आफ्नो छाती अझै फुकाउँदै भन्यो– ‘तिमी त उदाङ्गो । कुनै कुराको गोप्यता नभएको आकाश सीमाबद्धता नभएको आकाश । जुनबेला पनि खुला छौ फैलिएका छौ । हेर म कति सुरक्षित छु शान्त छु, गोप्य र बन्द छु ।’

Facebook Query