Lorem ipsum dolor sit amet

पोइसो कमाउने काइदा

Rajesh Rai

पोइसो कमाउने काइदा पनि दुनिया"मा कति रान् कति बाह्रवर्षे प्रजातान्त्रिक रुखमा फलेका फलहरू मज्जाले खान पाएकाहरूले पोइसो कमाएको देख्ता मलाई पनि आजभोलि कतार कोरियाको कुरा छाडी आफ्नै मुलुकको पोइसो फल्ने खोरिया फा"डौ" जस्तो भैराछ अस्तिसम्मको सिकुटी साइ"लो हेर्दाहेर्दै या"मानको ढिकुटी जस्तो भएको देख्ता खर्लप्पै खुइलिएर उसिनेको आलुजस्तो भएको मेरो तालुमा पनि कपाल पलाएर आउला जस्तो भैराछ खोपा भएको मुखभित्र नया" "गारो पलाउला जस्तो भएर उसै उसै गिजा चिलाइराछ अझ मौका चानसले मुलुकको ढुकुटीमा एस्सो दा" हालेर एउटासम्म काट्टो खान पाए बेत बसिसकेको बूढो बै" पनि मात्तिएर जुरुक्जुरुक् "ुदो रैछ भन्ने थाहा पाउ"दा आफूभित्रको नैतिकता सैतिकता पनि बेपत्तास" लापत्ता हुन खोजिराछ आम्मै ! काट्टोमा एउटा पिलेन पार्न पाएदेखिन् आफ्ना सत्र पुस्तालाई माटोमा पुरुन्जेल "टो के त्यसको साटो जवाहरातकै भुजा ज्यूनार गर्न पनि पुग्ने रहेछ पोइसोको यो जगजगी देख्ता आफूलाई आफ्नै डँडाल्नामा लात्तले हान्नुजस्तो भैरा बेलामा बुद्धिको बिर्को नखुल्नाले पोइसो बेगरको जिन्दगी बिनसित्तिमा घिसार्दैछु "गस"गै श्रीमती छोराछोरीलाई पनि अभाव दुर्गतीका ढुङ्गाले छापेको ग्राभेल रोडमा दर्फ¥याउ"दै दगुराइरहेछु
बेलामा बुद्धि "गारो पलाइद्या भे जाबो एउटी पत्नीको मात्र पति भएर गति गरासको यस्तो जिन्दगी हुन्थ्यो ! भइने रैछ नि अरबपति अरबपति नै नभए पनि यसरी रोडपति भएर न्यूरोड दाया"बाया" गगनचुम्बी घरका धुरीतिर घुरीघुरी हेर्दै हि"ड्नुको सट्टा कोटमा करोडपतिको पट्टा भिरेर जट्टाको जुरो बा"धेकी जुरेली जस्ती जोईलाई पजेरोमा सजाएर हि"डिन्थ्यो रैछ के रे ! लौ भैगो, करोडपति भइएन रैछ, त्यसभन्दा तलको लखपति पनि सानो कुरा होइनथ्यो नि गा"ठे हो ! त्यति पनि हुन सकिएन , मेरी अम्मोई !!
सुद्धिले समयमै साथ दिएको भए यसरी सयपति भएर सडकसडकमा सुराल सुर्कि"दै सि"गान तान्दै औतारीजस्तो भौ"तारिनु पर्ने थिएन रैछ बेला" बुद्धिको बिर्को खुलिदिएको भए यसरी मसी सकीसकी, घु"डा धसीधसी घरिघरि तीन तेह्रका तर्कना गर्नुको सट्टा बसीबसी खसीका खुट्टाको सुप पिएर निजी घरको वास्नादार बैठक कोठामा ढ्याउउउउअ डकार्न पाइने रैछ लौ हेर, आफ्नो यस्तो शुद्ध प्रदूषणरहित डकार पनि यो गन्धे डेरामा डल्लो परिरहेछ कोठामा बबुरो मुसो पनि खान नपाएर भोकभोकै मरिरहेछ
.... बजार जा"दा खल्तीमा एउटा हजारको नोट पनि नहुने नाथेले के लाखलाखका सपना देख्नु, बरु तपाइँको बुद्धि पो बेत बसिसकेको छैन कितपाइँको बर्कतको सिल टुटिसकेको छैन किदिलमा पोइसो कमाउने इच्छा अझै बा"की किउसो भए होसपूर्वक मेरो कुरा सुन्नुहोस् पछि मलाई दोष लाउन पाइन्न, पोइसो कमाउने काइदाका बारेमा बकाइदा प्रवचन दिन लागिरहेको छुखासगरी विद्यार्थी तथा युवावर्ग हो, ध्यान दिएर सुन्नुहोस्
लौ भन्नुहोस्, तपाइँलाई के पति हुन मन ? उही जस्तै गति पतिकी सती सावित्री मात्र एउटी श्रीमतीको नामर्द पति भएर नैतिकता प्रतिष्ठाको गुह्ये पोखरीमा "ड्यौलाजस्तो गु"डुल्किएर बस्न मन कि करोडपति, अरबपति भएर मस्ती मार्ने मन ?
तपाइँलाई मात्र हजारपति भएर घा"टीमा पेटी बा"धेको केजाति जस्तो भएर सडक पेटीमा शहरिया केटीहरूको हास्यपात्र भएर हल्लिरहनु भने आजैदेखि पले"टी कसेर पढ्न थालिहाल्नुहोस् बाउआमाको आज्ञाकारी छोरो भएर हजारथरिका महत्वाकाङ्क्षा छाडेर मात्र खरदार, सुब्बा वा मुखिया बहिदार वा मास्टरसम्म हुने सपना बोकेर कस्सिनुहोस् त्यति भए महिनामा हजार हात परिहाल्छ, अनि जुनीभरि एउटा ऊनीको सुइटरसम्म लाउन नसकी कि छोर्छाेरीको सराप पिउ"दै कि लोकल खोयाबिर्के शराव पिउ"दै अन्तमा वाक्ल्याक्क परेको मुख बाएर यो धर्तीलाई हलुको पार्नुहोस् मरेपछि सन्तानहरूले पिण्ड चढाउ"दा पनि बासीभातमा दूधजस्तो कुनै झोल हालेर लटपट पारेर चढाउनेछन् त्यस्तो पदार्थ भाग लगाउ"दा माथि यमराजले पनि लात्तले हानेर तपाई"लाई नर्क पठाउनेछन्, त्यहा"को वातावरण पनि तलकै जस्तो हुने हु"दा तपाई"लाई बा"च्न सहज हुनेछ
लखपति हुनु कि तपाई"लाई ? बाटो उस्तै उस्तै हो तर यसका लागि खरदार सुब्बामा अल्झिनेगरी तयारी गरेर पुग्दैन लखपति हुनलाई लख काट्ने क्षमता हुनुपर्छ परीक्षामा सोधिने सम्भाव्य प्रश्नहरूको लख काट्ने, बढुवा हुनुछ भने सम्भाव्य प्रतिश्पर्धीका कमजोरीको लख काट्ने, कापी जा"चकीको लख काट्ने आदि गर्नुपर्ने हुन्छ लखपति हुनलाई हाकिम्नीलाई लाखबत्ती बाल्न सघाएर भए पनि स्टोर, लेखा, कर, मालपोत, भन्सार, अदालत आदिमा पदस्थापना, सरुवा गराउन सक्नुपर्छ जे होस् लखपति मात्र हुनलाई पाप गरिहाल्नु पर्दैन, धाप भए पुग्छ माथि जा"दा पनि एस्सो एक क्वाटर स्याउको तेल लगेर यमराजका पाउमा दलेमा स्वर्गकै टिकट नभेट्टाइएला भन्न सकिन्न
यदि तपाइँस" नेता हुने विशेषता छैनन् तर कम्तिमा करोडपति हुनै पर्छ भन्ने मान्यता कुनै हुकुम प्रमाङ्गी प्राप्त गर्ने उपाय पनि छैन भने पढन् पढ्नैपर्छ तर सानोतिनो पोष्टमा टोस्ट खाएर बस्न थाल्नुहुन्न तपाइँले बोक्ने गरेको तेल मन्त्रीज्यू, नेताज्यूको खुट्टाको मेल ठ्याक्कै मिल्यो भने जिएम, अध्यक्ष, महानिर्देशक इत्यादि तहमा बसेर लहलह हरिया नोट भित्र्याउने अवसर प्राप्त हुनेछ त्यहा" पुग्दैमा करोडपति भइहाल्ने होइन नि फेरित्यसका लागि सो पोष्टमा पुगेपछि तपाइँले पहिला आफ्नै एक्सरे गरिहेर्नु पर्छ कतै आफूभित्र कुनै नैतिकता, सैतिकता, सिद्धान्त, लाज, शरम जस्ता कुनै पदार्थ बा"की छन् कियदि केही बा"की रहेछन् भने ती सबै टक्टक्याएर झिकेर ट्वाइलेटमा हाल्नुपर्छ त्यसपछि सोही ट्वाइलेटको पानी आचमन गरी शुद्ध भई जताजता पैसाको बिटो त्यतैत्यतै मुख बाएर हि"ड्नुपर्छ करोडपति हुन कुनै बेर लाग्ने छैन
अरवपति खरवपति अर्थात् इच्छा लागे अनुसारको पति हुन इच्छा हु"दा पनि काइदा उस्तै उस्तै हो यसका लागि शैक्षिक योग्यताको कुनै दरकार पर्दैन बरु जस्तासुकै मापदण्ड पूरा गरेर भए पनि सरकारमा पुग्नुपर्छ नैतिकताको कुरा शुद्दीकरणको प्रकृया करोडपति हुने प्रकृया अनुरुपकै पछ्याउनुपर्ने हुन्छ आफ्ना पुतलाहरू डढ्न दिने क्षमता राख्नुपर्छ बेलाबेला ढुङ्गामुढा खानुपर्छ पत्रपत्रिकामा भ्रष्टाचारीमा नाम बारम्बार आइरहनुपर्छ आफूलाई मूर्दावाद भन्दा मुसुुमुसु हा"स्न सक्ने हुनुपर्छ जल, ढल, मल, माटो, काट्टो, तेल, पेट्रोल पसिनादेखि वायुयान परिआए मान्छेकै ज्यान पनि सेवन गर्न सक्ने क्षमता हुनुपर्छ आफ्नो शब्दकोषमा डर, लाज, घिन, अपमान जस्ता शब्दहरू हुनुहु"दैन पोइसो भनेपछि देश के आफ्नै सन्तान बेच्न पनि तयार भएपछि लौ नभैयोस् करोडपति
लौ पोइसो कमाउने केही काइदाहरू मैले बताए" मैले सकिन, तपाइँले किन छाड्नेलाग्ने होइन पोइसो कमाउन ?

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

Facebook Query