Lorem ipsum dolor sit amet

छैन

Rajesh Rai

 - चट्याङ मास्टर
एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ "के हालखबर ?" पसलेले योसँग कति ठगे ठीक पर्ला भन्ने निर्णय गर्न नसकेर सामान नै छैन भनेझैँ, श्रीमतीले पनि अन्कनाउँदै भनिन् "कोही पनि छैन "

ज्यादै बेमोज लाग्यो एकाबिहानै श्रीमतीको मुखबाट निस्केको शब्द नै "केही पनि छैन" साइतकुसाइतमा विश्वास गरिन्नथ्यो पनि कुसाइतको झझल्को लागिहाल्यो निकैबेर कुर्दा पनि चिया नआइपुगेकोले श्रीमतीलाई झपारें – "किन चिया नल्याएको हँ ?" श्रीमतीले मुस्कानको बदला ठुस्कान प्रदर्शन गर्दै भनिन् "चिनी नै छैन" एकाबिहानै भोकको झोकलाई रोक लगाउन भनेर अर्को गर्जन छाडेँ "चिनी नै नहालेको चिया ले " श्रीमतीले पनि मोर्चा कस्दै भनिन् "स्टोभमा मट्टितेल नै छैन " उसको मोर्चा बिथोल्न रन्केँ "दाउरामै भए पनि पकाएर ले " अब श्रीमतीलाई पनि झाँेक चलेछ क्यारे रन्किँदै भनिन् "दाउरा पनि छैन " पनि रन्केँ "उसो भए बिजुलीको हिटर बाल् " उनी पनि तन्किइन् "आज बत्ती नै आउँदैन "
चिया मात्र नभई अब बिहानको दालभातबारे पनि सोच्नुपर्ने देख्न थाल्छु हत्तनपत्त बजार जान मट्टितेलको टिन समाउँछु बगलीमा पैसा पो छैन श्रीमतीसँग मागेको रन्केर भनिन् "मसँग पैसा छैन " यसो सम्झेँ साथी पसलेको छोरो त्यो जहिले पनि "दुईचार लाखको पर्वाह छैन" भन्थ्यो तर त्यही दिन एउटा देशको नोट सापटी मागेको लाजै नमानी जवाफ दियो "छैन " श्रीमतीको नकारात्मक उत्तरको अर्थ सकारात्मक भएको धेरैचोटि भोगेको हुनाले श्रीमतीलाई नै फेरि कचकच गरेपछि धोतीको गाँठो फोएर एउटा पाँचको नोट झारिदिइन् "पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती" रिसाओस् कि खुसाओस् उठाएँ पाँचको नोट, पुगेँ मट्टितेलको लागि लाम लाग्न उससँग पैसा कताबाट आयो मलाई के मतलब ?

लाम लागेर मात्रै नपुगी कुपन पनि चाहिने रहेछ कुपनका लागि टेलिफोन टेलिफोनको लागि चिनजान चाहिने रहेछ त्यस्तो चिनजानको लागि आफ्नो पनि मान हुनुपर्ने रहेछ मानको कमिमा शान वा ज्ञान भए पनि पुग्ने रहेछ मानको कमिमा शान वा ज्ञान भए पनि पुग्ने रहेछ आफू परियो "छैन" मा लाममा आफ्नो पालो आउन आउन मात्र के लागेको थियो, मट्टितेलको थोपोसम्म पनि सकियो पसलेले ङिच्च हाँस्दै भन्यो "छैन" जिल्ल परेँ भिजेको बिरालो बन्दै फर्कें

त्यसै झोँकमा एक दुई सर्को चुरोट तान्ने तलतल लाग्छ किन्न तम्सन्छु ओल्लो पसल गएँ, पल्लो पसल गएँ, चुरोट नै छैन अस्ति याक थिएन, हिजो गैँडा थिएन, आज बिँडी बाहेक अरू क्यै पनि छैन तमाखु खाऊँ भने आफ्नो घरमा हुक्का पनि छैन छैनको पिरलो !

पेट खाली भएको सङ्केत पाउँछु पुनः मट्टितेलकोछैन लाई पराजित गर्न तम्सन्छु साथीको घरमा आइरहने एउटा फोनवालालाई आफूले राम्रै चिनेको छु त्यसको सम्झना आउनेबित्तिकैछैन को मुखमा हान्न मुक्का बलियो भएझैँ लाग्यो टिनसहितै सिंहदरबारतर्फ लागेँ उसको कोठामा पस्ने सुरसार मात्रै के गरेको थिएँ एउटा पियनले झपारिहाल्यो "भित्र पस्ने अडर छैन" आफ्नो चिनजान पूर्वजन्मदेखिकै हो कि भनेझैँ गरी नालीबेली बिस्तार लगाएपछि पस्न दियो तर के गर्नु, भित्र आफ्नो मान्छे नै छैन
उसभन्दा मुनिकालाई भेट्ने जमर्को गरेँ तर कोही छैनन् कुन बेला फर्कलान् भन्ने ठेगान पनि छैन जागिरेलाई यो १० को बन्धन पनि रहेनछ कि जस्तो लाग्यो लुरुलुरु "नानी काँ गाको " हुन पुगेँ

फर्कंदा बाटोमा एउटा अन्डरविएर यार (लगौँटीको चलन हरायो) भेट हुनुभयो "यार के खबर ?" मैले सोध्नै ¥यो "केही पनि छैन" भनेर उसले पनि भन्नै ¥यो "के छैन भनेको" भन्दा बिचरोले निसास्सिँदै भन्यो "चार घण्टासम्म लाम लागेँ तर मेरो पालो आउँदा सिमेन्ट नै छैन ब्ल्याकमा किन्ने पैसा छैन यस्तै भइरहे घर पनि छैन " बिचरालाई पनि मेरै रोग लागेको रहेछ अघाएको थियो तर भने मेरो टिन जस्तै रित्तो थिएँ

"मरता क्या करता" भन्दै एउटा पुरानो मट्टितेल पसलेलाई धम्की दिएँ "मलाई जसरी भए पनि एक ग्यालेन मट्टितेल दिनुहोस् अन्यथा नराम्रो हुन सक्छ " "के लुट्न आएको ?" भन्दै पसलेले पाखुरा सुर्किहाल्यो तागत भए पछारिदिन्थेँ त्यस्तालाई तर आफूसँग त्यति तागत पनि छैन रित्तै घरमा गए झन् बँच्ने आसै छैन पिरलो बतासिँदै त्यहाँबाट भागेँ
छैन को भारले थिचिएर कुक्रुक्क पर्दै छैनहरूको लिस्ट बनाउने इच्छा भयो मट्टितेल छैन, सलाई छैन, चुरोट छैन, सिमेण्ट छैन..... कति कति फेरि एकैपटक हराउने पनि होइनन् आज सलाई छैन भोलि चुरोट छैन यता सिमेण्ट छैन उता फलाम छैन कहिले यो पसलमा छैन कहिले त्यो पसलमा छैन आज दूध छैन भोलि कागज छैन कथंकदाचित् सामान पाइयो भने मूल्य रन्केर छोइसक्नु छैन लाम लाग्दा पसल चाहर्दा सास फेर्ने फुर्सत पनि छैन नै भनिदिए हुन्छ रित्तो टिन उडेर धरहरामुनि यस्सो बसेका मात्र थियौँ, मेरो दर्दको बृत्तान्त सुन्न एक मित्र तम्सिए बृत्तान्त सुनिसकेपछि मेरो अन्तर्वार्ता लिन पनि पछि परेनन्
"कुनै मन्त्री चिनेको ?"
"छैन"
"कुनै गुण्डा चिनेको ?"
"छैन "
"चिल्लो लगाउन जानेको ?"
"छैन "
"सोरसफोरस ?"
"छैन "
"तिमी छौ ?"
मैले आप्mनो रित्तो पेट मुसार्दै जवाफ दिएँ "छैन "

घर जाऊँ भने खान छैन, नजाऊँ भने बाँच्ने बाटो छैन यता केही दिनदेखि पर्चाबाजी नाराबाजी भएको देख्दै आएको छु सबै भन्छन् अब भाषणमा स्वतन्त्रता , प्रेस स्वतन्त्रता , लाठीमुङ्ग्रीको स्वतन्त्रता , तर आफूलाई भने त्यस्तो कुनै "" पनि काम नलाग्ने भयो तिनले केही लछारपाटो लगाएनन् हिजो पनि आज झन् बढी यो "छैन" को चेपुवामा परेर मर्न लागेँ गुहार ! गुहार ! !

चट्याङ् गीता भाग (२०५८) बाट

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

Facebook Query